काठमाडौंभ,मंसिर २८-
साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबारप्रति तोला ५२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५२ हजार ७ सयमा कारोबार भई रहेको छ । त्यस्तै तेजाबी सुन प्रति तोला ५२ हजार ४ सय ५० मा कारोबार भई रहेको छ । चाँदी तोलामा १० रुपियाँले बढेर प्रति तोला ८ सयमा कारोबार भई रहेको छ ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार ९ सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ९ सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ८६ रुपियाँमा कारोबार भई रहेको छ ।