Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शितलहरका कारण धनुषाका सरकारी विद्यालय अनिश्चितकालीन बन्द – Gaule Khabar

शितलहरका कारण धनुषाका सरकारी विद्यालय अनिश्चितकालीन बन्द

शितलहरका कारण धनुषाका सरकारी विद्यालय अनिश्चितकालीन बन्द

धनुषा,मंसिर २६ –

मध्यतराईका जिल्लामा एक सातादेखि चलेको शितलहरका कारण जनजीवन कष्टकर बनेपछि धनुषाका सामुदायिक विद्यालयहरु आइतबारदेखि बन्द गरिएको छ। बिवाह पञ्चम देखि मौसम परिर्वतन भएर चिसो हावासंगै चलेको शितलहरका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि सामुदायिक बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिएको हो। जिल्ला शिक्षा समितिले मौसममा सुधार नभएसम्म बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी दानीकान्त झाले जानकारी दिएका छन्।

अहिलेको दिइएको बिदा बर्षे बिदामा कट्टा हुने उनले बताए। धनुषामा २ सय ८६ वटा प्राथमिक विद्यालय, ८३ वटा निम्न माध्यमिक विद्यालय र ६१ वटा माध्यमिक विद्यालय रहेको छन्। अत्याधिक चिसोका कारण बृद्धबृद्धा, बालकालिका र आर्थिक रुपमा बिपन्नहरु सब भन्दा बढी मर्कामा परेका छन्। शितलहर र चिसो हावाले बजार र सरकारी कार्यालयहरुमा चहलपहलमा निकै कमी आएको छ भने शितलहर तथा हुस्सुले स्कुले बालबालिकाहरु बढी प्रभावित भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका