WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8wl5YCdNhVKLbwYVRWEktB7V7yAAe.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 02:51:50', '', 'admlnlx', 'admlnlx')
भुवन पाण्डे,
बुटवल मंसिर २३-
गहुँ र तोरी सिजनका लागि यो वर्ष पनि मल अभाव देखिएको छ । मल बढी चाहिने सिजनमै मल ल्याउन टेण्डर प्रकृयामा सरकारले चासो नदिँदा अभाव भएको हो । पश्चिमका जिल्लाहरुमा मल ढुवानी गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ्ग कर्पोरेसन भैरहवा शाखामा धानको सिजनमा सकिएको मल अझै नआएको बताएको छ ।
पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल क्षेत्रमा मल आपूर्ति गर्ने कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय भैरहवामा पनि मल स्टक छैन । गहुँका लागि चाहिने डिएपी मल नपाएपछि सिमा नजिकका केही किसानहरुले भारतीय बजारबाट गुणस्तर र पोषकतत्व कम भएको रासायनीक मल राख्ने गरेका छन् । यसले एकातिर रकम बढी खर्च हुने र अर्कोतिर उत्पादन बढाउन नसक्ने भएकाले अनुदानको सरकारी मलको आयात समयमै व्यवस्था मिलाउन कृषि वीज्ञहरुको सुझाव छ ।
गहुँ र तोरी सिजनकालागि यो वर्ष कार्यालयमा युरीया साढे १२ हजार टन, डिएपी १० हजार ५ सय र पोटास २५ सय मेट्रिक टन आएको कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय भैरहवाका कार्यालय प्रमुख गोबिन्द पराजुलीले बताउनुभयो ।