Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तराईमा शितलहर सुरु, चहलपहल घट्यो – Gaule Khabar

तराईमा शितलहर सुरु, चहलपहल घट्यो

तराईमा शितलहर सुरु, चहलपहल घट्यो

रौतहट,मंसिर २३-

केहि दिनदेखि मौसममा आएको स्वभाविक परिवर्तनले तराईमा चिसो हृवात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरी कुहिरोका कारण घाम नलागेपछि तराईमा चिसो बढेको छ ।

कुहिरोसँगै चल्ने चिसो हावाले मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । बजार तथा शहरमा मानिसको चलहपहल निक्कै कम भएको छ ।सधैंजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोका कारण सेवाग्रहीहरु पातलिएका छन् । बिहानै खुल्ने व्यपारीक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन । साँझ पख पनि चिसो झनै बढ्न थालेपछि बजारहरु सिम्साँझै सुनसान हुन थालेका छन ।

चिसो बढेपछि ज्याकेट र न्यानो कपडा पसलहरुमा ग्राहकको भिड बढेको छ । चिसो अझ बढ्न सक्ने अनुमानका कारण मानिसहरुले न्यानो लुगा जोहो गर्न थालेका छन् ।

बाक्लो हुस्सु र शीतका कारण पूर्व-पश्चिम राजमार्गको यातायात पनि प्रभावित भएको छ । कठ्याग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्नाले सवारी साधानको आवागमनमा असर पुगेको हो । बाक्लो हुस्सुले गर्दा भिजिविलिटी कम हुँदा सवारी साधनहरु कम गतिमा बत्ती बालेर गुड्न बाध्य छन ।

बाक्लो कुहिरोका कारण यातायातका साधनहरु दुर्घटना हुने सम्भावना बढेकाले आवश्यक सावधानी अपनाउन जिल्ला ट्राफिक कार्यालयले अनुरोध गरेको छ भने जिल्ला जनस्वास्थ्य कार्यालयले पनि चिसोबाट जोगिन तथा बालबालिका र वृद्धबृद्धाको विषेश ध्यान दिन अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका