Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
परिमार्जन होला तर संबिधान संशोधन प्रस्ताब फिर्ता हुदैन : प्रधानमन्त्री – Gaule Khabar

परिमार्जन होला तर संबिधान संशोधन प्रस्ताब फिर्ता हुदैन : प्रधानमन्त्री

परिमार्जन होला तर संबिधान संशोधन प्रस्ताब फिर्ता हुदैन : प्रधानमन्त्री

देउखुरी,मंसिर २२-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबिधान संशोधनको प्रस्ताब कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । दाङको देउखुरी स्थित सिसहनियाँ महदेवा जोड्ने राप्ती नदीमा निर्माण हुन लागेको पुलको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले संबिधान संशोधन प्रस्ताब संसदिय प्रकृयाबाट परिमार्जन गर्न सकिने तर फिर्ता भने नहुने बताएका हुन् ।

दाङलाई केन्द्र मै रहने भन्दै प्रधानमन्त्री प्रचण्डले अहिले कै पाँच नम्बर प्रदेश हुदा पनि दाङ केन्द्र मै रहेको बताए । संविधान संशोधनले दाङलाई केन्द्र मै राखिएकाले आन्दोलन छोडि गम्भिर भएर सोच्न सबैलाई प्रधानमन्त्रीले आग्रह गरे ।

दाङ मै उच्च अदालतको स्थापना हुनु पनि दाङको सम्भावना उच्च स्थानमा रहेको बुझ्नु पर्नेमा उनले जोड दिए । संविधान कार्यान्वयन र राष्ट्रिय एकतालाई भाड्न खोजिएको भन्दै प्रधानमन्त्री प्रचण्डले सहमतिको माध्यमबाट अघि बढ्ने गरि तयार हुन सबैलाई अपिल गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका