Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
माओवादी नेता रायमाझीले भने संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ – Gaule Khabar

माओवादी नेता रायमाझीले भने संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ

माओवादी नेता रायमाझीले भने संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ

काठमाडौं, मंसिर १९–

माओवादी केन्द्रका संसदीय दलका उप नेता नेता टोबबहादुर रायमाझीले सरकारले संदनमा दर्ता गराएको संबिधान संशोधन विधेयकलाई फिर्ता लिएर निर्वाचनमा जानको लागि आग्रह गरेका छन् ।
आईतबार रिपार्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता रायमाझिले संबिधान संशोधनको प्रस्तावले देशलाई विखण्डनमा लैजाने, द्धन्द्ध बढाउने, गतिहिनता तिर लैजाने र दलहरूको बिचमा अन्तर विरोध बढाउने र संसदबाट पारित हुने कुनै पनि सम्भावना नरहेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावलाई तत्काल फिर्ता लिएर देशमा निम्तिन लागेको मुडभेटलाई रोक्नुको विकल्प नरहेको बताए ।
नेता रायमाझिले भने,‘राष्ट्रिय सहमति नगरि सरकारले जुन किसिमले संविधान संशोधन प्रस्ताव ल्यायो यो प्रक्रिया गलत थियोे, मैले प्रधानमन्त्रीलाई भनेको थिए, राष्ट्रिय सहमति हुन्छ भने यो प्रस्ताव अघि सारौ नभए यसले हामीलाई असफल घोसित गरि दिन्छ ।’
उनले अघि थपे,‘अर्को विडम्बना आन्दोलन जुन ठाउँमा भएको थियो त्यो ठाउँको लागि संशोधन नल्याएर कुनै पनि विवाध नभएको अर्थात प्रदेश नं. ५ लाई संशोधनको मुल मुद्धा बनाएर प्रस्तावलाई जोड्दा यो अस्थिर स्थिति आईलागेको हो, सरकारले प्रस्तावलाई प्रस्तावकै रुपमा मात्रै ल्याएको र मधेशका मुद्धामाथि न्याए भयो भने केही छैन्, अन्तत जे भए पनि यो प्रस्ताव कुनै पनि हालतमा सफल हुँदैन, जनता देखि हामी जन प्रतिनिधिसम्म यस प्रस्तावको बिपक्षमा छौ ।’
संविधान संशोधन प्रस्ताव पारित हुने कुनै सिन सम्भावना नरहेको बताउदै उनले भने,‘ यो प्रस्ताव पारित गराउने दुई तिहाई पुग्दैन, यदि यो प्रस्ताव संसदमा गयो भने म यस प्रस्तावको विपक्षमा मतदान गर्छु, माओवादी काँग्रेसकै कतिपय सांसदहरूले साथ दिदैनन्, पाँच नं प्रदेशका कुनैपनि जनप्रतिनिधिले मतदान गर्दैनन् ।’
प्रदेश नं. पाँचमा हाल चलिरहेको आन्दोलन र उत्पन्न जटिलता अनि संशोधन प्रस्तावको बारेमा बोल्ने क्रममा नेता रायमाझिले ईतिहासमै पहिलो र नयाँ रुपको आन्दोलन भएको भन्दै, यो आन्दोलनलाई कुनै राजनीतिक दल र विषेश नेताको स्वार्थसँग नजोड्न सबैलाई आग्रह गरे ।
उनले अघि थपे भने,‘पाँच नं. प्रदेशलाई टुक्राउने हो भने अरु प्रदेशले पनि आवाज उठाउँने छन्, झनै बिवाद बढ्ने छ, त्यसैले सरकार यसमा गम्भिर हुन सक्नुपर्छ, लाखौ जनता नेपालको झण्डा बोकेर आन्दोलनमा उत्रेका छन्, जनताको भावना विपरित जान कसैलाई पनि अधिकार छैन्, त्यहाका जनता सबै पेशा व्यवसाय बन्द गरेर अखण्ड प्रदेशको लागि सडकमा आएका छन् ।’
यता नेकपा एमालेका उप–महासचिव विष्णु प्रसाद पौडेलले वर्तमान स्थितिमा देखिएको उत्पन्न जटिलताको अन्त्य गर्न र सरकारले आफूलाई सुरक्षित राख्नको लागि संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेता पौडेलले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदाको दिनमा सफत खाएको कुरालाई बिर्सेको आरोप लगाउँदै भने,‘उहाँले भन्नु भएको थियो, म संविधानको कार्यन्वयन र रक्षा गर्छु तर प्रधानमन्त्री बनेको पछिल्ले दिन देखि संविधान संशोधन गर्न तर्फ अग्रसर हुनुभयो, सात दशक देखिको नेपाली जनताको चाहाना, भावना र अथक प्रयासले ल्याएको संविधानलाई धरापमा पार्न खोज्नु कसैको लागि राम्रो हुँदैन, प्रधानमन्त्री प्रचण्डले आफै यो प्रस्ताव ल्याएका छन्, जनताले उहालाई कदापि माफ दिने छैनन्, यो प्रस्ताव मतदानमा लिएर गएको खण्डमा प्रस्ताप असफल हुने देश मुडभेटमा जान्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका