राधेश्याम पटेल,
पर्सा मंसिर १७-
गत बर्षको तुलनामा यस बर्ष पर्सामा धान उत्पादन निकै बढेको छ। यसपाली धान उत्पादन ६० प्रतिशत वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय पर्साले जनाएको छ ।
गत वर्ष पर्सामा १ लाख ३२ हजार ५सय ६० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष २ लाख १२ हजार ७ सय ७५ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय पर्सा प्रमुख वीरेन्द्र सिन्हाले बताए ।
गत बर्ष अगहनी २.९, भदैया ३.५ र चैते ३ मेट्रिक टन प्रति हेक्टर उत्पादन भएकोमा यस बर्ष तीन वटै धानको उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयको तथ्याड्ढले देखाउ“छ।
यस बर्ष पर्सामा अगहनी ४.५, भदैया ४.५ र चैते ५.५ मेट्रिक टन प्रति हेक्टरको दरले उत्पादन भएको हो । जिल्ला कृषि विकास कार्यालय पर्साका कृषि प्राविधिक महेन्द्र कुशवाहाका अनुसार गत बर्ष पर्सामा अगहनी ३३ हजार २ सय १० हेक्टरमा लगाइएको थियो भने यस बर्ष यो धान ३५ हजार ८ सय हेक्टर क्षेत्रफलमा लगाइएको थियो । अगहनीमा स्वर्णासब, सोना मन्सुली, सावित्री, रामविलासलगायतका धानको जात किसानहरुले लगाएका थिए ।
भदैया धान गत बर्ष ८ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाइएकोमा यस बर्ष ८ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको थियो । भदैयामा विशेषगरी किसानहरुले हर्दिनाथ, चैते ४, चैते ५, चैते ६, सुक्खा १, २, ३, ४, ५ लगायतको धानहरु लगाएका थिए ।
कृषि विकास कार्यालय पर्साको तथ्याड्ढले तेस्रो धान बाली अर्थात चैते धान गर्त बर्ष १ हजार ३ सय ५० हेक्टरमा लगाइएकोमा यस बर्ष २ हजार ४ सय हेक्टर क्षेत्रफलमा लगाइएको जनाएको छ ।
चैते धानमा यस वर्ष किसानहरुले चैते, २, ४, ६ र हर्दिनाथ धानका वीउ“ रोपेका थिए । भदैया र चैते धानबालीमा हर्दिनाथ र चैतेका विभिन्न जातहरु लगाईन्छ । गत बर्षको तुलनामा यस बर्ष भारी उत्पादकत्व बढ्नुमा कृषि अनुकुल वर्षा हुनु मुख्य कारण रहेको कृषि प्राविधिकहरुको भनाई छ।