Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान संशोधन प्रस्तावको विरोधमा नेपालगन्जमा प्रदर्शन – Gaule Khabar

संविधान संशोधन प्रस्तावको विरोधमा नेपालगन्जमा प्रदर्शन

संविधान संशोधन प्रस्तावको विरोधमा नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज,मंसिर १७-

प्रदेश नम्बर ५ का पहाडी जिल्ला छुट्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा शुक्रबार प्रमुख प्रतिपक्ष दल एमाले सम्बद्ध विद्यार्थी तथा युवाहरुले बाँकेको नेपालगन्जमा विरोध प्रदर्शन गरेका छन् ।

सरकार र प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध आक्रामक नारासहित विरोध र्‍याली निकालिएको थियो । पासाङ ल्हामु मार्गस्थित एमाले पार्टी कार्यालयबाट निस्केको जुलुस सुर्खेत रोड हु‘दै बीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई संबोधन गर्दै अनेरास्ववियु बॉकेका अध्यक्ष मोहित शाहले प्रदेश ५ का जनताको चाहनाविपरीत पहाड र तराईलाई छुट्याएर सरकारले कसको स्वार्थ पूरा गर्न खोजेको हो भन्ने प्रश्न गरे । उनले जनता संविधान संशोधनको विपक्षमा रहेका कुरा सर्वत्र विरोधबाटै पुष्टि भएको दाबी गर्दै आन्दोलन संशोधन विधेयक फिर्ता नहु‘दासम्म आन्दोलन जारी रहने बताए ।

जुलुसका सहभागीले ‘बरु गोली खाइन्छ, सिंगो नेपाल चाहिन्छ’ जस्ता चर्का नारा लगाएका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा केहीबेर धर्ना पनि दिए । धर्ना दिनेक्रममा आधा घण्टा सडक अवरुद्ध गरेपछि सर्वसाधारणलाई मर्का परेको थियो । सहभागीले साइकल पनि रोकेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका