Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
डा.केसीको एक माग पुरा, डिन सिंहले दिए राजीनामा – Gaule Khabar

डा.केसीको एक माग पुरा, डिन सिंहले दिए राजीनामा

डा.केसीको एक माग पुरा, डिन सिंहले दिए राजीनामा

काठमाडौं, मंसिर १७–

चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिनुभएको छ । डिन सिंहले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष आज राजीनामा बुझाउनु भएको हो ।

त्रिभुवन विश्वविद्यालयले उहाँलाई बीस दिनअघि आइओएमको डिनमा नियुक्त गरेको थियो । त्रिविले सिंहलाई डिन नियुक्त गरेकै दिन शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले उहाँलाई बर्खास्त गर्नुपर्ने मूख्य मागसहित आमरण अनसन सुरु गर्नुभएको थियो । डा.केसी अझै अनसनमै हुनुहुन्छ । उहाँको अर्को माग त्रिवि उपकुलपति खनियाको राजीनामा बाँकी छ ।

डा.सिंहको राजीनामासंगै डा.केसीको एक माग भने पुरा भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका