WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiXv9olP92n/2nfSdIaIoLBZM3pLXs.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 19:47:36', '', 'admlnlx', 'admlnlx')
बुटवल,मंसिर १६-
नेपाली कांग्रेस जिल्ला समिति रुपन्देहीले प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्ला ४ नम्बर प्रदेशमा राख्ने गरी भएको संविधान संसोधन प्रस्ताव प्रति आपत्ती जनाएको छ । गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका पहाडी जिल्ला अलग गराएर संसोधन प्रस्ताव ल्याउनु जनभावना विपरित भएको कांग्रेस रुपन्देहीको ठहर छ ।
आज विज्ञप्ती जारी गरी कांग्रेस रुपन्देहीले तराई र पहाडका जिल्लाबासीबीच भावनात्मक तथा सांस्कृतीक सम्बन्ध रहेको भन्दै जनताको भावना विपरित नजान सरकार, आफ्नो पार्टीको केन्द्रीय समिती, दलहरुलाई सचेत गराएको छ ।
कांग्रेस जिल्ला सचिव रामकृष्ण खाँडद्वारा जारी विज्ञप्तीमा यहाँका पार्टीका कार्यकर्ता, कुनै पनि दल, संघ संस्था तथा समुदायलाई प्रदेश खण्डीकरण गर्ने गरी भएको संविधान संसोधन मान्य नहुने भन्दै संसोधनको विरोधमा रहेको उल्लेख गरिएको छ । यस क्षेत्रका जनताको भावना विपरित संसदमा दर्ता भएको संसोधन विध्येक तत्काल फिर्ता लिन समेत माग गरिएको छ