काठमाण्डौ । किरात खालिङ राई उत्थान संघले खालिङ भाषी खुला कबिता प्रतियोगिता-२०८२ आयोजना गर्ने भएको छ ।
किरात खालिङ राई उत्थान संघको २४ औं वार्षिक उत्सबको अवसरमा उक्त कबिता प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
संघले एक सूचना मार्फत बिश्वभरी छरिएर रहेका कबिहरुलाई कबिताको लागि आह्वान गरेको छ ।
प्रतियोगीताको लागि कबीहरुले आफ्नो कबिता भदौको १० गतेसम्म पाठाइसक्नु पर्ने रहेको छ । जम्मा सहभागि कबिताबाट उत्कृष्ट १० कबितालाई असोज १० गते कार्यक्रममा बाचन गर्न दिइेने र नेपाल भन्दा बाहिर रहेका कबिलाई भिडियो मार्फत बाचन गर्नलाई दिईने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा प्रथम द्वितीय र तृतीयलाई क्रमश २० हजार प्रमाणपत्र, १५ हजार प्रमाणपत्र, १० हजार प्रमाणपत्र बाकी ७ उत्कृष्टलाई जनही ५ हजार प्रमाणपत्र प्रोत्साहन स्वरुप प्रदन गरिने आयोजकले जनाएको छ ।