एभ्रेष्ट भ्यु ट्रेल रेसको उपाधी राई र रोकामगरले उचाले

एभ्रेष्ट भ्यु ट्रेल रेसको उपाधी राई र रोकामगरले उचाले

काठमाडौं । माप्य दुधकोशी गाउँपालिकाद्वारा आयोजित एभरेष्ट भ्यु ट्रेल रेसको उपाधि निर्मला राई र मन्कुमार रोकामगरले हात पारेका छन् ।

माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ कोर्कुमा शुक्रबार भएको रेसमा राई महिलातर्फ र रोकामगर पुरुषतर्फ विजेता बनेका हुन् ।

महिलातर्फ विजेता खोटाङकी राईले निर्धारित दूरी ६ घण्टा १२ मिनेटमा पूरा गरिन् । यस्तै दोस्रो भएकी नेपाल पुलिस क्लबकी लाक्पा निमा शेर्पाले ६ घण्टा १४ मिनेट समय लगाइन् । पुर्णिमा राई तेस्रो भइन् । पुरुषतर्फ रोल्पाका मन कुमारले निर्धारित ४७ किमी दूरी ४ घण्टा ४१ मिनेट १३ सेकेण्डमा पूरा गरे ।

यस्तै नेपाल आर्मीका गोपाल तामाङ दोस्रो तथा आर्मीकै गोविन्द कार्की तेस्रो भए । गोपाले ४ घण्टा ५४ मिनेट ३० सेकेण्ड तथा गोविन्द्रले ४ घण्टा ५८ मिनेट ४५ सेकेण्ड समयमा दूरी पूरा गरे ।

विजेता निर्मला र मन कुमारले नगद १-१ लाख पुरस्कार प्राप्त गरे । यस्तै महिला र पुरुष दुवैमा दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार पुरस्कार पाए ।

गत वर्षदेखि माप्य दुधकोशी गाउँपालिकाले एभरेष्ट भ्यु ट्रेल रेस आयोजना गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका