अन्जना इछम्फुलको सुजमलाल सार्वजनिक (भिडियो सहित)

अन्जना इछम्फुलको सुजमलाल सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ ।  अन्जना इछमफुलको ‘सुजमलाल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अन्जना इछमफूलको शब्द र कन्काइस्ट राईको संगीत रहेको गीतमा गायीका मेलिना राईको स्वर रहेको छ ।

उक्त म्युजिक भिडियो नयाँ वर्ष २०८२ सालको पहिलो दिन एक कार्यक्रम बीच डिजिटल बजारमा सार्वजानिक गरिएको हो ।

आदिवासी किरात राईको सांस्कृतिक पृष्ठभूमिमा तयार गरिएको गीतको म्युजिक भिडियोमा दुई युवायुवतीबीच भर्खरै सुरुवात भएको प्रेमसम्बन्धलाई प्रस्तुत गरिएको छ ।

बच्चु हिमांशुको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा सरगम राईको कथा र निर्माण रहेको छ । उक्त म्युजिक भिडियोमा सरगम राई, युवाहाङ राई र नुनिमा किरातसहित किरात सिली अध्ययन केन्द्रका कलाकारहरु र नेसनल ब्लूमिङ फ्लावर एकेडेमीका छात्राहरुले फिचरिङ्ग गरेका छन ।

सुजमलाल म्युजिक भिडियोको छायांकन र सम्पादन चक्र पुलामीले गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका