ओगानेम आमासमुहद्वारा मुक्लीमा बाटो सरसफाइ

ओगानेम आमासमुहद्वारा मुक्लीमा बाटो सरसफाइ

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका-६ मुक्लीको जोकु चौतारा देखि बोर्दिम सम्मको गोरेटो बाटो सरसफाइ गरिएको छ ।

ओगानेम आमा समुहको सक्रियतामा शनिबार तीन किलोमीटर सडक सरसफाइ गरिएको समुहका सह-सचिव धनरुपा राईले जानकारी दिए ।

समुहका सह-सचिव धनरुपा राईको नेतृत्वमा गरिएको उक्त सरसफाइ कार्यक्रममा ११ जना सदस्यहरुको सहभागीता रहेको बताइएको छ । दशै, तिहार लगायतको चाडपर्व नजिकिएकाले मानिसको आवगमन बढ्ने हुँदा सरसफाइ आवश्यक रहेको उहाँको भनाई छ ।

सामान्य गाउँ टोलको गोरेटो बाटो तथा सडक सरसफाइ गर्ने दायित्व सरकारको मात्र नभई स्थानीय नागरिक तथा समुहको समेत भएकाले आफुहरु सक्रिय बनेको सह-सचिव राईले बताए ।

गाउँ समाज सुधार गर्नको लागि समाजकै नागरिक सचेत हुनुपर्ने उहाँको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका