अखिल (क्रान्तिकारी) सोलुखुम्बुको अध्यक्षमा शेर्पा सर्बसम्मत

अखिल (क्रान्तिकारी) सोलुखुम्बुको अध्यक्षमा शेर्पा सर्बसम्मत

सोलुखुम्बु । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा सोनाम शेर्पा सर्बसम्मत चयन भएका छन् ।

शनिबार सदरमुकाम सल्लेरीमा पूर्ब सांसद एबम् नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला इन्चार्ज हेमकुमार राई ‘सुरबीर’ को प्रमुख आतिथ्य तथा पार्टी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह-इन्चार्ज एवम् थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईको विशिष्ट आतिथ्यमा सम्पन्न युनियनको नवौं जिल्ला सम्मेलनले शेर्पाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी सर्बसम्मत चयन गरेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक नामगेल शेर्पाले बताए ।

कमिटीको उपाध्यक्षत्रयमा युनिशा कार्की र बेनी बहादुर खड्का, प्रभुराम राई, सचिवमा बल बहादुर कुलङ, सह-सचिवमा रिजन भुजेल र कोषाध्यक्षमा कुसुम खालिङ चयन भएका छन् ।

युनियनका जिल्ला इन्चार्ज अम्बिर कुलुङको सभापतित्वमा सम्पन्न सम्मेलनको बन्द सत्रले प्रदेश र केन्द्रीय प्रतिनिधि समेत छनौट गरेको छ ।

उद्घाटन सत्रलाई केन्द्रीय सदस्य एबम् जिल्ला इन्चार्ज राई, पार्टी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह-इन्चार्ज राई, पार्टी जिल्ला संयोजक शेर्पा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

सम्मेलनमा विभिन्न विद्यालायबाट करिब २०० विद्यार्थी प्रतिनिधिको उपस्थिति रहेको शेर्पाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका