जिल्ला व्यापी ब्याडमिन्टन प्रतियोगिताको उपाधि अर्जुन र सगुनले हात पारे

जिल्ला व्यापी ब्याडमिन्टन प्रतियोगिताको उपाधि अर्जुन र सगुनले हात पारे

सोलुखुम्बु । सोलुखुम्बु सल्लेरिमा सम्पन्न जिल्ला व्यापी ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको प्रथम उपाधि अर्जुन श्रेष्ठ र सगुन कार्कीले हात पारेका छन ।

उद्योग वाणिज्य संघ सोलुखुम्बुको सहयोगमा जिल्ला ब्याडमिन्टन संघद्वारा आयोजना प्रतियोगितामा सहभागी १ सय ६ टिम मध्ये खुल्ला पुरुष डबल तर्फको प्रथम उपाधि श्रेष्ठ र कार्कीले जितेका हुन ।

यस्तै खल्ला पुरुष डबल तर्फकै द्वितीय स्थान सुवास थापा र सन्दीप राईले हात पारेका छन भने तृतीय स्थान आशिस खनाल र संयोग बस्नेत, ज्ञानु राई र खेम खड्काले हात पारेका छन ।

महिला डबल तर्फको प्रथम उपाधि पुजा मगर र माया राइको युगल टिमले जितेका छन । द्वितीय स्थान कला राई र सरिता राईले जितेका छन भने सेमिफाइनलिष्ट टिम मोनिका राई, नेल्सन राई र सन माया राई र राम कुमारी राई बनेका छन ।

७५ प्लस अन्तर्गतको विजेता राज कुमार खत्री र रवीन खत्रीको टिम बनेको छ यस्तै द्वितीय फुर्वा ग्याल्जेन शेर्पा र तुला मगरको टिम द्वितीय बनेको छ भने सेमिफाइनलिष्ट बुद्धि बहादुर मगर प्रदिप शाक्य र डेन्डी शेर्पा गोपाल सुनुवारको टिम बनेको छ । यता १७ वर्ष मुनिको पुरुष डबलको प्रथम द्वितीय र सेमिफाइनलिष्ट क्रमशः सुदन राई र युजिन राई, बिप्लप राई र बसन्त राई, सुगम कार्की आयुश खनाल र रोमी तामाङ सुजन कार्की बनेका छन ।

यस्तै मिक्स डबल तर्फको प्रथम द्वितीय र सेमिफाइनलिष्ट क्रमशः सगुन कार्की र मनिका राइ, अर्जुन श्रेषठ सरिताद राइ, तृतीय आशिष खनाल पुजा मगर र संयोग बस्नेत, माया राई बनेका छन । १७ वर्ष मुनिको पुरुष एकल तर्फ प्रथम द्वितीय, सेमिफाइनलिष्ट क्रमशः विप्लव राई, रोमी तामाङ, युजिन राई र सुदन राई बनेका छन भने १३ वर्ष मुनिको महिला तर्फको प्रथम द्वितीय र सेमिफाइनलिष्ट क्रमशः ऋतु राई, शुभेच्छा राई, दिक्षा राई र डोलकर राई बनेका छन भने यही विधामा पुरुष तर्फ क्रमशः आयुश खनाल, जोन बिक, डेबिट राई र इसन बिक प्रथम द्वितीय र सेमिफाइनलिष्ट बनेका छन् ।

विजेताहरूले खुल्ला पुरुष डबल तर्फ प्रथम द्वितीय र सेमिफाइनलिष्ट टिमले क्रमशः १५ हजार, १० हजार र ५/५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । यस्तै महिला डबल, मिक्स डबल र ७५ वर्ष माथिको पुरुष तर्फ प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरूलाई क्रमश ः १० हजार, ६ हजार ५ सय, ४ हजार ५ सय रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका