थुलुङ दुधकोशीबाट एसईईमा ९७.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ जनाले पाउने भए २५ हजार नगद पुरस्कार

थुलुङ दुधकोशीबाट एसईईमा ९७.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ जनाले पाउने भए २५ हजार नगद पुरस्कार

सोलुखुम्बुः माध्यमिक शिक्षा परीक्षा (एसईई) मा थुलुङ दुधकोशी गाउँपालिकाबाट सहभागी ९७=३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाको १० वटा माध्यमिक विद्यालयबाट सहभागी २९८ जना विद्यार्थी मध्ये २९० जना उत्तीर्ण भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

सहभागी विद्यार्थी मध्य दुई जनाले ३=७ जीपीए प्राप्त गरि पालिका प्रथम भएका छन् । जनता माध्यमिक विद्यालय लोखिमका गौतम राई र जीवन ज्योति माध्यमिक विद्यालय नेलेका उत्सब बस्नेतले ३=७ जीपीए प्राप्त गरि पालिका प्रथम भएका हुन् । उनीहरुले गाउँपालिकाबाट जनही नगद २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । २०८० फागुन १४ गतेको कार्यपालिका बैठकको निर्णयानुसार ३=६ भन्दा माथि ४ जीपीए भन्दा कम प्राप्ता गर्ने विद्यार्थीलाई जनही २५/२५ हजार र ४ जीपीए भन्दा माथि प्राप्त गर्नेलाई एक लाख नगद पुरस्कार दिने निर्णय गरेको छ ।

सोही निर्णयानुसार पालिका भित्रका ४ जना विद्यार्थीले २५/२५ हजार नगद प्राप्त गर्नेछन् । उक्त पुरस्कार प्राप्त गर्नेहरुमा जनता माध्यमिक विद्यालय लोखिमका गौतम राई र गान्धिदेवी राई रहेका छन् । उनीहरुले क्रमशः ३=७ र ३=६५ जीपीए प्राप्ता गरेका छन् भने जीवन ज्योति माध्यमिक विद्यालय नेलेका उत्सब बस्नेतले र विशाल बस्नेतले क्रमशः ३=७ र ३=६ जीपीए प्राप्त गरेका छन् । सहभागी विद्यार्थी मध्ये ८ जनाको एनजी आएको छ भने अन्य सबै उत्तीर्ण भएको उहाँले बताए ।

स्थानीय सरकारको अथक प्रयासको प्रतिफल प्राप्त
शैक्षिक गुणस्तरका लागि पालिकाले शैक्षिक सम्मेलन देखि स्वेतपत्र जारी गरी पुरस्कारको समेत व्यबस्था गरेको छ । यसैको परिणाम स्वरुप पालिकाभरीको नतिजालाई हेर्दा गत वर्षको तुलनामा धेरै सुधार आएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
२०७४ सालमा आफु निर्वाचित हुँदा देखिनै शिक्षा क्षेत्रमा देखिएको बेतिथिको अन्त्य गर्ने गरि काम गरेको स्मरण गर्दै पालिका अध्यक्ष राईले अब त्यसको प्रतिफल देखिन थालेको बताउँनुभयो । पछिल्लो समय निजि विद्यालय तर्फ आम नागरिकको आकर्षण बढेको बेला यस वर्षको नतिजाले सामुदायिक विद्यालयको गरिमा बाढाउनुका साथै स्थानीय सरकारको लगानीले सार्थकता पाएको उहाँको भनाई छ ।

भौतिक पुर्वधार निर्माण देखि विषयगत शिक्षक सम्मको ब्यबस्था गाउँपालिकाले गरेको छ ।

यस वर्ष जिल्लाबाट १ हजार ६ सय ७१ जना माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका