नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चमा खड्क नारायणको नेतृत्वमा नयाँ समिति (नामावली सहित)

नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चमा खड्क नारायणको नेतृत्वमा नयाँ समिति (नामावली सहित)

काठमाडौं । नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा महाकुलुङका खड्कनारायण राई निर्बाचित भएका छन्।

राजधानीको सुकेधारामा शनिबार सम्पन्न १३ औं सम्मेलनले राईको अध्यक्षतामा सर्बसम्मत रूपमा नयाँ कमिटी चयन गरेको एमाले नेता भूपालसिं राईले जानकारी दिए।

सम्पर्क मञ्चको खुला उपाध्यक्षमा थुलुङ दुधकोशीका गोम बहादुर राई,महिला उपाध्यक्षमा सोताङकी सीता कार्की,सचिबमा सोलुदुधकुण्डका प्रबीण कार्की, खुला सहसचिवमा माप्यदुधकोशीका तिलक राई र महिला सहसचिवमा नेचासल्यानकी गीता ढकाल कटेल र कोषाध्यक्षमा माप्यदुधकोशीका ओमराज घिमिरे चयन भएको राईले बताए।

राईका अनुसार खुला सदस्यहरुमा माप्यदुधकोशीका निरकुमार राई,त्रिनाथ राई,थुलुङ दुधकोशीबाट सुमित्रा राई,निशान राई,शिशिरदेव राई,सुमित्रा भुजेल र दलिततर्फ गणेश कुमार दमाई,सोलुदुधकुण्डबाट कृष्ण राई,बबिन श्रेष्ठ निर्बाचित भएका छन्।

यसैगरी,महाकुलुङबाट लाकचन्द्र कुलुङ,सपना राई,बसन्त कुमार राई, सोताङबाट इन्दुका खालिङ,डिल्ली बहादुर राई र खम्बबहादुर खत्री र लिखुपिकेबाट कृष्ण बहादुर बस्नेत र डम्बर बहादुर कार्की चयन भएको राईले बताए।

नवनिर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मानबीर राईले प्रमाणपत्र प्रदान गरेका थिए।

सम्मेलनको नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय बिभागका इन्चार्ज लालबाबु पण्डितले उद्घाटन गरेका थिए।सम्मेलन आयोजक कमिटीका अध्यक्ष नन्दराज बास्तोलाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर कुमार अधिकारी,केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य राई,सम्पर्क समन्वय बिभागका सचिब इन्द्र भण्डारी,कोशी प्रदेशका पूर्ब मन्त्री तथा प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी,प्रदेश कमिटी सदस्य महेश किराँती,नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला,कोशी प्रदेश सम्पर्क कमिटी अध्यक्ष नवीन घिमिरे,सोलुखुम्बु जिल्ला कमिटी सचिवालय सदस्य कल्पना राई,कोशी प्रदेश सम्पर्क कमिटीका पूर्ब सचिवालय सदस्य टपेन्द्र कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सम्पर्क मञ्चका निबर्तमान सहसचिव सृष्टि कुलुङले स्वागत मञ्तब्य व्यक्त गरेको सो कार्यक्रमको सञ्चालन अर्का सहसचिव प्रबीण कार्कीले गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका