WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/rI13H8nj.r.YFcdeVYPgNexWNsEE/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:45:32', '', 'admlnlx', 'admlnlx')

महाकुलुङ गाउँपालिकामा निःशुल्क आँखा शिविर सुरु – Gaule Khabar

महाकुलुङ गाउँपालिकामा निःशुल्क आँखा शिविर सुरु

महाकुलुङ गाउँपालिकामा निःशुल्क आँखा शिविर सुरु

सोलुखुम्बु । महाकुलुङ गाउँपालिकामा ७ दिने नि:शुल्क आँखा शिविर सुरु भएको छ ।
रोटरी क्लब अफ रन्ननगर जर्मन नागरिक प्रमुख काटिया टिमको आर्थिक सहयोगमा महाकुलुङको सबै वडामा नि:शुल्क शिविर सुरु भएको हो ।
शिविरको गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले उद्घाटन गरेका छन् ।
स्वास्थ्य चौकी गुदेलमा महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले उक्त शिवीरको उद्घाटन गर्नुभएको हो ।
शिबिर सञ्चालन ब्यस्थापन सपोर्ट एन केयर पुर्नस्थापन केन्द्र , चितवन भरतपुर आँखा अस्पताल चितवन को प्राबिधिक सहयोग र महाकुलुङ गाउँपालिकाको सहजीकरणमा सञ्चालन भईरहेको छ ।
आँखा परिक्षण तथा औषधि तथा चस्मा बवतरण लागि स्वास्थ्य चौकी गुदेलमा १४ र १५ गते, छेस्काम स्वास्थ्य चौकीमा १६ र१७ मिति तय गरिएको छ भने
१८,१९ र २० गते महाकुलुङ प्राथमिक अस्पताल बुङमा मोतिबिन्दुको शल्यक्रिया गरिने पत्रकार झलक राईले जानकारी दिए ।
शिविर उद्घटन कार्यक्रममा पालिका अध्यक्ष कुलुङ, महाकुलुङ स्वास्थ्य शाखाका प्रमुख हरिप्रसाद आचार्य, स्वास्थ्य चौकी गुदेल ब्यस्थापन समिति तथा वडा नम्बर ५ का अध्यक्ष महल सिंह कुलुङ, महाकुलुङ ४ वडा अध्यक्ष सरस्वती कुलुङ, स्वास्थ्य चौकी गुदेलका इन्चार्ज किर्तिधन राई, १८ जना जर्मन नागरिक टिमहरुको प्रमुख काटिया १० जना सपोर्ट एन केयर केन्द्रका प्रमुख प्रकाश शाही , चितवन आँखा अस्पताल केन्द्रका प्रमुख रमेश घिमिरे , शिविर कार्यक्रमका मुख्य सहजकर्ता खरिजङ राई र बिकास कुलुङ, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका