दुइदिने मोतिबिन्दु शल्यकृया शिबिर सम्पन्न, ६९ जनाले लिए सेवा

दुइदिने मोतिबिन्दु शल्यकृया शिबिर सम्पन्न, ६९ जनाले लिए सेवा

सोलुखुम्बु । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुमा सम्पन्न २ दिने मोतिविन्दु शल्यकृया शिविर सम्पन्न भएको छ ।
आईतबार र सोमबार फाप्लुमा सन्चालन भएको मोतिविन्द शल्यकृया शिवरमा ६९ जनाले आँखा अप्रेसन गराएको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राइले जानकारी दिए ।
जिल्ला सामुदायिक आँखा केन्द्रले जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका बाहेक ७ स्थानीय तहमा सञ्चालनन गरेको मोतिविन्दु छनौट शिविर मार्फत ११६ जना मोतिविन्दुका बिरामीहरु छनौट भएका थिए ।

बिरामीहरुलाई तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौका नेत्र विशेषज्ञहरुको उपस्थितीमा फाप्लुमा सशुल्क अप्रेसन सेवा प्रदान गरिएको हो ।
आँखा केन्द्रले जिल्लाको सबै पालिकामा निशुल्क छनौट शिविर आयोजना गरी मोतिविन्दुका बिरामी छानेका थिए भने बिरामिको यातायत र अप्रेशन शुल्क सबै स्थानीय तहले ब्याहोरेको स्वास्थ्य कार्यकर्ता राइले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका