थुलुङ दुधकोशिले लम्पी स्किन रोकथाम तथा नियन्त्रणमा सबै संयन्त्र परिचालन गर्ने

थुलुङ दुधकोशिले लम्पी स्किन रोकथाम तथा नियन्त्रणमा सबै संयन्त्र परिचालन गर्ने

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले गाईभैसीमा तिब्ररुपमा फैलिएको लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणका लागि सम्पुर्ण संयन्त्र परिचालन गर्ने भएको छ । उक्त रोगसंग जुध्नको लागि आवश्यक भ्याक्सिन, एन्टिबायोटीक र अन्य आवश्यक औषधी तथा विधिको पुर्णरुपमा प्रयोग गरिने गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

पालिका अध्यक्ष राईले लम्पी स्किन रोगको प्रभावकारी रुपमा रोकथाम तथा नियन्त्रणमा जुट्न मातहतका सबैलाई निर्देशन दिनुभएको छ । गाउँपालिकाका संबन्धित कर्मचारी सहित निर्वाचित जनप्रतिनिधिलाई अध्यक्ष राईले देशैभरि तिब्ररुपमा फैलिएको रोग नियन्त्रणका लागि जुट्न निर्देशन दिनुभएको हो ।

आइतबार सम्पन्न कार्यपालिका बैठकमा अध्यक्ष राईले पशु विज्ञ तथा संबन्धित निकायमा आवश्यक समन्वय भइरहेको जानकारी गराउँदै यसको रोकथाम तथा नियन्त्रण गर्न कुनै कसर बाँकी नराखीकन काम गर्न निर्देशन दिनुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

“कृषकको लागि मात्र नभइ स्थानीय सरकारको लागि समेत यो रोग चुनौतीपुर्ण रहेको भन्दै अध्यक्ष राईले पशु प्राविधिकलाई अझ बढी सक्रियरुपमा खट्न भन्नुभएको छ ।” प्रवक्ता कार्कीले भन्नुभयो, “आवश्यकता अनुसार तत्काल औषधी खरिद गरि कृषकको गुनासो नआउँने काम गर्न अध्यक्षबाट निर्देशन भएको छ, अब सोही अनुसार काम हुन्छ ।”

पालिकाको तथ्याङ्क अनुसार लम्पी स्किनका कारण हाल सम्म ७५८ वटा गाईगोरु संक्रमित भएकोमा ५१ वटाको मृत्यु भएको छ । संक्रमित पशु मध्ये ६० प्रतिशत माथि सन्चो भएको प्रवक्ता कार्कीले बताउँनुभयो । पालिकाको ९ वटा वडा मध्ये सबैभन्दा बढी वडा नं. ३ पञ्चन र सबै भन्दा कम वडा नं. १ नेलेका गाईगोरु बिरामी भएको पालिकाको तथ्याङ्क छ । औषतमा गाई भन्दा गोरुमा यो रोगको संक्रमण बढी देखिएको छ । भने हाल सम्म १ वटा भैँसीमा यो संक्रमण देखिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका