थुलुङ दुधकोशी ७ द्वारा अकबरे खोर्सानीको विरुवा वितरण

थुलुङ दुधकोशी ७ द्वारा अकबरे खोर्सानीको विरुवा वितरण

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसाले ५० हजार अकबरे खोर्सानीको विरुवा वितरणको कार्यक्रम सूरु गरेको छ ।
अकबरे खोर्सानीमा आत्मानिर्भर बन्ने लक्ष्य सहित वडा कार्यालयले उक्त विरुवा वितरणको अभियान सूरु गरेको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिए । अहिले सम्म ३० हजार विरुवा वितरण सकिएको बताइएको छ ।
वडा अध्यक्ष कार्कीका अनुसार वडा सरकारले बजेट व्यबस्था गरी वडा भित्रका कृषकलाई अकबरे खोर्सानीको विरुवा वितरण गरेको हो । आर्थिक वर्ष २०७९/०८० का लागि फलफुल तथा नर्सरी उत्पादन शर्षिकको रु.३ लाख १० हजार बजेटबाट आफैले विरुवा उत्पादन गरी कृषकलाई निशूल्क वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कृषकले ५० बोट देखि १ हजार ५ सय सम्म विरुवा रोपेका छन् । उत्पादन भएको खोर्सानी समेत वडालेनै खरिद गरी बजारीकरण गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष कार्कीले बताए । आगामी वर्षको बजेटमा स्थानीय कृषि उत्पादन तथा बजारीकरण शिर्षकमा बजेट नै व्यबस्था गरीएको पनि वडा अध्यक्षा कार्कीले बताए ।
उत्पादन भएपछि कृषकले वडामा प्रतिबोट एक माना खोर्सानी राजश्व स्वरुप जम्मा गर्नुपर्ने नीति रहेको बताइएको छ । जसबाट एक करोड बढीको खोर्सानी बिक्री गर्ने लक्ष्य राखिएको वडा अध्यक्ष कार्कीले बताए ।
कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य सहित वडाले अघि सारेको कार्यक्रम सह्रानीय रहेको कृषक नेतकुमार राईले बताए । उत्पादित कृषिजन्य सामाग्रीको बजारीकरणको समेत वडा सरकारले जिम्मा लिनेभएपछि आफुहरु ढुक्क भएको भन्दै कृषकहरुले जनप्रतिनिधिलाई धन्यवाद दिएका छन् ।
वडाका हरेक घरधुरी समेटी कृषि सहकारी मार्फत कृषिमा आत्मानिर्भर बन्ने लक्ष्य राखेको वडाले जुस जाम उत्पादन देखि अन्य नगदे बालीलाई व्यवसायीक रुपमा अघि बढाउने योजना बनाएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका