सोलुखुम्बुमा ट्राफिक सप्ताह सुरु

सोलुखुम्बुमा ट्राफिक सप्ताह सुरु

सोलुखुम्बु । सोलुखुम्बुमा ट्राफिक सप्ताह सुरु भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुको आयोजनामा ट्राफिक सप्ताह सुरु भएको हो ।

सप्ताहको शुभारम्भ सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङले एक छात्रालाई हेल्मेट लगाईदिएर गर्नुभएको थियो । जिल्ला समन्वय समितिको सभाहलमा भएको सप्ताह कार्यलाई सम्बोधन गर्दे उपमेयर तामाङ सवारी व्यवस्थापन जटिल बन्दै गइरहेको बताउनुभयो । साथै उहाँले नगरपालिकाले सवारी पार्किङ व्यवस्थापनका लागि बसपार्कको निर्माण गरेकाले सबैलाई सो स्थानमा मात्र पार्किङ्ग गर्नपनि आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले मादक पादर्थ सेवन गरी सवारी चलाउँने साथै ट्राफिक नियमको उल्लंघन गर्नेहरुलाई कार्वाहीको दायरामाल्याउन आग्रह गरे । प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठ नेपालमा सवारी दुर्घटना बढिरहेकोले दुर्घटना न्युनिकरणका लागि सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण कटवालका अनुसार एकसाताको अवधिमा ट्राफिक चेतना प्रवाहका कार्यक्रम संचालन गरिने छ । शुभारम्भमा आवाडाँडाबाट सचेतनामुलक नारा, पम्प्लेटका साथ सल्लेरी बजार क्षेत्रमा प्रभातफेरी गरिएको थियो ।
कार्यक्रममा जनप्रतिनीधि, प्रहरी, विद्यार्थी, यातायात व्यवसायी लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो । ट्राफिक सप्ताह कोशी प्रदेशका १४ वटै जिल्लामा आजैबाट एकै साथ सुरु गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका