गीतकार महेन्द्रदीपको ‘पिरतीको कथा’ बजारमा (भिडियो)

गीतकार महेन्द्रदीपको ‘पिरतीको कथा’ बजारमा (भिडियो)

काठमाडौं । गीतकार महेन्द्रदीप राईले आफ्नो नयाँ गीत ‘पिरतीको कथा’ बजारमा ल्याएका छन् ।

गीतकार राईले आज एक कार्यक्रमबीच “पिरतिको कथा” डिजिटल बजार महेद्र दिप राई अफिसियलबाट सार्वजनिक गरेका हुन ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवम् सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष समेत हुन् ।

राईको शब्द तथा लगानीमा निर्माण गरिएको गीतमा गायक कुमार प्रयास र गायिका रचना रिमालले स्वर भरेका छन् । उक्त गीतमा कुमार प्रयासकै संगीत रहेको छ ।

अनिल कोयी राईको निर्देशन तथा कोरियोग्राफर रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन रहेको छ । म्युजिक भिडियोमा देव राई र सर्मिला मगरले फिचरिङ गरेका छन् ।

राईले भने ‘टिमले नै बेष्ट गर्ने कोशिस गरेका छौँ । मुल्यांकनको जिम्मा दर्शक स्रोताको हातमा सुम्पेको छु ।’ राईको शब्दमा यो भन्दा पहिला पनि थुप्रै लोकप्रिय गीतहरु बजारमा आईसकेका छन् ।https://youtu.be/GN6WE3i63Jo

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका