माप्य दुधकोशिको गाउँसभा सम्पन्न, ३८ करोड ५२ लाखको बजेट प्रस्तुत

माप्य दुधकोशिको गाउँसभा सम्पन्न, ३८ करोड ५२ लाखको बजेट प्रस्तुत

सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ ।
हिजो आइतबार गाउँसभा बैठकद्वारा ३८ करोड ५२ लाख १८ हजार आठ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो ।
गाउँपालिकाले रङ्गसाला, कर्भड हल निर्माण र वडा नम्बर ३ मा व्याडमिन्टन कर्भड हल निर्माण गर्ने भएको छ । प्रत्येक विद्यालयमा इन्टरनेटको व्यवस्था गरिने, सूचना र संचारको पहुज विस्तार गरिने, राष्ट्रिय स्तरको लाइन विस्तार गरिने, विदेशबाट फर्केकालाइ उचित शिपको आधारमा रोजगारको व्यवस्था गरिने, विपद व्यवस्थापन संगै कोष खडा गरिने भएको छ ।

कृषिलाई उचित व्यवस्था गरिने, मेरो रोजाइ मेरो सिकाइ कार्यक्रम विद्यालयमा लागू गर्ने, खाने पानीको उचित व्यवस्थापन, पर्यटन प्रवर्द्धनको लागि गोठ स्टे बनाउनेको निर्माण गरिने, वडा न. १, ५ र ७ मा मेरो ट्रेलको अवधारणा ल्याउने साथै यसै आर्थिक वर्षमा अन्तराष्ट्रिय स्तरको म्याराथनको आयोजना गरिने, शिक्षण सिकाइ डिजिटल बनाइने उपाध्यक्ष राईले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

वडा नम्बर ३ र ६ को बिचमा पुल निर्माण गरिने, माप्य ५ भुङ्गारामा र त्रिवेणि काँकु खोलामा मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन गरिने गाउँपालिका उपाध्यक्ष राईले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ । गाउँपालिकाले बजेटमा खानेपानि, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका