काठमाण्डौबाट खोटाङ छुटेको जिप सुनकोसीमा खस्दा तीन जना बेपत्ता

काठमाण्डौबाट खोटाङ छुटेको जिप सुनकोसीमा खस्दा तीन जना बेपत्ता

काठमाण्डौ । काठमाण्डौ बाट खोटाङ हिडेको जिप गोलञ्जोर गाउँपालिका–७ लौकुनमा सुनकोसी नदीमा खसेको छ । आज शुक्रवार बिहान सुनकोसीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन् ।

उक्त जिपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी चढेको बा १ झ ७४६७ नम्बरको सिन्धुली जिल्ला प्रहरिले जनाएको छ ।

जीपमा चार जना सवार रहेकामा चालक दाङको राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेलेर नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जना बेपत्ता छन । सामान्य घाइते चालकको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।

बेपत्ता हुनेहरूमा सीटीईभीटीको प्रशासन शाखाका निर्देशक सहसचिव तनहुँको भानु नगरपालिका–९ का ५७ वर्षीय कृष्णबहादुर केसी, कार्यालयको योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद घुर्तेल र कार्यालयका विद्युत् प्रशिक्षक इलामका भानु पौडेल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका