सुवास संगम राई
भरियाको भूगोल भन्नु, पसिनाले सिञ्चिएको
जति भोग्यो उस्तै जीवन, दु:खले नै रचिएको
फेरि पनि डोर्याउनै छ
एउटा सुन्दर भविस्य जो
जिन्दगीको अर्थहरु, खोज्दा खोज्दै ढाकरमा
भेट्नै गाह्रो बरु जीवन, पुग्ला कहीँ किनारमा
जसोगर्यो मुस्कान त, अभावमै छ अल्झिएको
जति भोग्यो उस्तै जीवन, दु:खले नै रचिएको
थाप्लो माथी रहर बोक्दै, टेकुवाको सहारामा
हिँड्न खोज्यो बाटोहरु, रोकिन्छ जो पहारामा
भोग्नु कति रित्तो समय, घाउ उस्तै बल्झिएको
जति भोग्यो उस्तै जीवन, दु:खले नै रचिएको ।