सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा पर्यटन विकासका लागि अध्ययन सुरु

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा पर्यटन विकासका लागि अध्ययन सुरु

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले पर्यटन प्रवद्र्धन एंव पूर्वाधार विकासका लागि अध्ययन सुरु गरेको छ ।

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राई, ट्रेकिङ एजेन्ट एशोसियसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहाल, पर्यटन विज्ञ युवराज लामा, माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरब राई माप्य स्थित पर्यटन व्यवसायी लगायत प्राविधिकका टोलीले आजबाट अभियान शुरु गरेको हो ।

माप्य दुधकोशी गाउपालिका अध्यक्ष बुद्विकिरण राईले पर्यटन क्षेत्रको विकासका लागि सम्भाव्यता अध्ययन गरि तिनै तहका सरकारसँगको समन्वयमा थप कार्यहरु अगाडि बढ्ने योजना रहेको बताए ।

अभियानले माप्य दुधकोशी गाउँपालिकाको सात वटै वडाको पर्यटन सम्भाव्यताको अध्ययन गर्दै प्रतिवेदन तयार पार्ने पालिकाको योजना रहेको पालिका उपाध्यक्ष गौरव राईले बताए ।

गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रहरु ओझेलमा परेको यो अभियानले आगामी दिनमा पर्यटकिय क्षेत्रहरुको संरक्षण र सम्बद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा माप्य दुधकोशी गाउँपालिकाका जनप्रतिनिधी, बुद्विजिवी, पर्यटन ब्यबसायी, कर्मचारीहरुको बाक्लो उपस्तिथी रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका